Kathmandu Press

देशका थोरै ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, असोज २ : आज पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश,...
देशका थोरै ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना
Hardik ivfHardik ivf

काठमाडौं, असोज २ : आज पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी आउने र पहाडी क्षेत्रमा पहिरो खस्ने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो । महाशाखाका अनुसार आज देशभरि सामान्य बद्ली रही केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५ का एक दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ । यसैगरी राति पनि देशभरिकै मौसम सामान्य बद्ली भएर केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने र गण्डकी प्रदेश, प्रदेश ५, र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

अहिले भने देशभरिकै मौसम बद्ली भएर प्रदेश ५, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन सहित हल्का पानी परिरहेको छ ।

प्रकाशित मिति: ०७:३० बजे, शुक्रबार, असोज २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्