Kathmandu Press

कोरोनाबाट प्रदेश १ मा ५० जनाको मृत्यु

विराटनगर, भदौ ३१ : कोरोना भाइरसको संक्रमणबाट बुधबारसम्म प्रदेश १ मा ५ण् जनाको मृत्यु भएको छ।सामाजिक विकास मन्त्रालयका अनुसार मृत्यु हुने ५० जनामध्ये...
कोरोनाबाट प्रदेश १ मा ५० जनाको मृत्यु
Hardik ivfHardik ivf

विराटनगर, भदौ ३१ : कोरोना भाइरसको संक्रमणबाट बुधबारसम्म प्रदेश १ मा ५० जनाको मृत्यु भएको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार मृत्यु हुने ५० जनामध्ये प्रदेश १ का ३८ जना र प्रदेश २ का १२ जना रहेका छन्। प्रदेश १ का ३८ जनामध्ये ११ महिला र २७ जना पुरुष छन्। त्यस्तै, मोरङका २९, सुनसरीका सात र झापाका दुई जनाले ज्यान गुमाएका हुन्।

यसैगरि, मोरङ २९ जनामध्ये पनि विराटनगरका १९, बूढीगंगाका चार, ग्रामथान, रंगेली, धनपालथान, सुनवर्षी, पथरीशनिश्चरे र बेलबारीका एकएक छन्।

सुनसरीका सातजनामा धरानका ६ र रामधुनीका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  झापाका दुईमध्ये एक कमल गाउँपालिका र कनकाई गाउँपालिकाका हुन्।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या चार हजार नौ सय ६७ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म दुई हजार एक सय ४२ जना निको भएका छन्।

 

प्रकाशित मिति: १३:०९ बजे, बुधबार, भदौ ३१, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्