Kathmandu Press

पूर्वअर्थमन्त्री खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त 

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन्।
पूर्वअर्थमन्त्री खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त 
अर्थमन्त्री डा. युवराज खतिवडा।

काठमाडौं, भदौ ३० : पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन्।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्‍को बैठकले पूर्वअर्थमन्त्री खतिवडालाई प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए।

Hardik ivf

उनका अनुसार विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका खतिवडाले मन्त्रीस्तरको सेवा सुविधा पाउने छन्। 

राष्ट्रियसभाको सांसद नभई ६ भन्दा बढी मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था रहेकाले खतिवडाले गत भदौ १९ गते राजीनामा दिएका थिए।

राष्ट्रियसभा सदस्य हुँदा दुई वर्ष अर्थमन्त्री बनेका खतिवडालाई त्यसपछि सांसद नै नभई फेरि ६ महिना अर्थ मन्त्रालयको जिम्मा पाएका थिए।

राष्ट्रिय सभा सदस्यमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई मनोनीत गर्ने निर्णय भएसँगै प्रधानमन्त्रीले खतिवडालाई विशेष जिम्मेवारी दिने बचन दिएका थिए।
 

प्रकाशित मिति: १८:३२ बजे, मंगलबार, भदौ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्