Kathmandu Press

सेनिटरी प्याड बनाउँदै सिरहाका महिला 

सेनिटरी प्याड बनाउँदै सिरहाका महिला 
Hardik ivfHardik ivf

सिरहा, भदौ २९ : सिरहाका महिला सेनिटरी प्याड बनाउने सिप सिकी उद्यमशिलता तर्फ अग्रसर बनेका छन्। वेल्टहंगरहिल्फे नेपालको साझेदार संस्था सबल नेपालको प्राविधिक सहयोग तथा खैरसलवा कृषि सहकारी संस्था लिमिटेड सिरहाको आयोजनामा सिरहा नगरपालिकाका १२ जना स्थानिय महिलालाई प्याड बनाउने तालिम दिइएको हो।

घरेलु बिधि (हात तथा सिलाई मेसिनको प्रयोग) बाट पूनःप्रयोग गर्न मिल्ने कपडाको सेनिटरी प्याड बनाउने सिप उनीहरुले सिकेका छन्। 

कोरोना माहामारीका बीच उक्त महिलाहरुको समूहले करिब १५ हजार थान कपडाको मास्क बनाइ बिक्री वितरणसमेत गरेका छन्। 

स्थानीय खैरसलवा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मनिशकुमार ठाकुरका अनुसार व्यावसायिक योजना बनाइ आउने महिलाहरुलाई एकल वा समूहमा सहकारीमार्फत सहुलियत दरमा ऋण उपलब्ध गराइने छ। यसरी उपलब्ध गराइएको ऋणलाई सम्बन्धित व्यक्ति वा समूहले मासिक रुपमा भुक्तानि गर्नु पर्ने छ भने प्राप्त आम्दानी तथा असुल भएको साँवा रकमबाट क्रमश अन्य व्यक्ति वा समूहमा पूनः ऋण लगानि गरि अन्य वाश व्यावसाय प्रवद्र्धनमा सहयोग गर्नेछ। 

सबल नेपालका लघुउद्धम अधिकृत सन्तोष भण्डारीले सरकारले सबै सरकारी विद्यालयहरुमा निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने कार्यक्रम ल्याएको भन्दै बजारमा पाइने रेडिमेड प्याड व्यवस्थापनमा समेत चुनौती भइरहेका बेला पुनः प्रयोग गर्ने प्याड उपयोगी हुने बताए। 

वेल्टहंगरहिल्फेका परियोजना संयोजक पदम लम्सालले खानेपानी, सरसफाइ तथा स्वच्छताको आनीबानीमा दिगो परिवर्तनका लागि विभिन्न सुविधाहरुको सहज उपलब्धता र प्रयोगको सुश्चितता महत्वपूर्ण भएको  बताए।

प्रकाशित मिति: १७:३७ बजे, सोमबार, भदौ २९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्