Kathmandu Press

नेप्सेमा झिनो सुधार

काठमाडौं, भदौ २९ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिने अंकले वृद्धि भएको छ। कारोबार प्रणालीमा समस्या आउँदासमेत दोहोरो अंकले उकालो...
नेप्सेमा झिनो सुधार

काठमाडौं, भदौ २९ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिने अंकले वृद्धि भएको छ। कारोबार प्रणालीमा समस्या आउँदासमेत दोहोरो अंकले उकालो लागिरहेको नेप्से परिसूचक आज भने थामिएको हो। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३ दशमलव २६ बिन्दुले उकालो लागेर एक हजार ५४० दशमलव ५१ मा पुगेको छ। सेन्सेटिभ परिसूचक २ दशमलव २८ ले वृद्धि भई ३०६ दशमलव २४ मा पुगेको छ। कूल १९० कम्पनीको ८८ लाख ३४ हजार २१५ कित्ता शेयर तीन अर्ब २१ करोड ४ लाख ७९ हजार १३२ रुपैयाँमा खरिद बिक्री भए। बजार उकालो लागिरहँदा बजार पूँजीकरणमा वृद्धि भई २० खर्ब ४८ अर्ब रुपैयाँ बराबरको भएको छ। 

Hardik ivf

कारोबार भएका कूल १२ उपसमूहमध्ये सात उपसमूहको शेयर ओरालो लागेको छ भने पाँच उपसमूहको शेयर बढेको छ। बैंकिङ १४ दशमलव ६८, विकास बैंक २० दशमलव ९८, जलविद्युत् १२ दशमलव २, वित्त ६ दशमलव ९४ र सामूहिक लगानी कोष ० दशमलव ०४ बिन्दुले बढेको छ। कारोबारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २० करोड ४३ लाख आठ हजार ६६८ रुपैयाँ बराबरको कारोबार भयो। नेपाल बैंक लिमिटेड १२ करोड ८४ लाख ४० हजार १६५ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १२ करोड ५१ लाख ६७ हजार ५६० रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनी ११ करोड ३४ लाख ६८ हजार २२७ रुपैयाँ र सूर्या लाइफ इन्स्योन्स कम्पनी आठ करोड २४ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ। 

कारोबारका आधारमा अरुण भ्याली हाइड्रो पावर कम्पनी १०, एनआरएन लघुवित्त वित्तीय संस्था ९ दशमलव ९८, रिलायन्स इन्स्योरेन्स कम्पनी ९ दशमलव ९६, यूनियन हाइड्रो पावर ९ दशमलव ८६, रिडी हाइड्रोपावर ९ दशमलव ५२ र आँखु खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ९ दशमलव ५२ ले कमाए। राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरधनीले ८ दशमलव १७, राष्ट्रिय बीमा कम्पनी ५ दशमलव १७, आइएमई जनरल इन्स्योरेन्स ४ दशमलव १०, नेपाल सेवा लघुवित्त ३ दशमलव ६५ र स्वाभिमान लघुवित्तका लगानीकर्ताले ३ दशमलव ४५ प्रतिशतले गुमाए।

प्रकाशित मिति: १७:२१ बजे, सोमबार, भदौ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्