Kathmandu Press

तामाकोशी गाउँपालिकामा सबै नागरिकको कोरोना बिमा गरिने

दोलखा, भदौ २९ : दोलखाको तामाकोशी गाउँपालिकामा सबै नागरिकको कोरोना बिमा गरिने भएको छ।मुलकमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहोले सबै नागरिकको कोरोना बिमा...
तामाकोशी गाउँपालिकामा सबै नागरिकको कोरोना बिमा गरिने
Hardik ivfHardik ivf

दोलखा, भदौ २९ : दोलखाको तामाकोशी गाउँपालिकामा सबै नागरिकको कोरोना बिमा गरिने भएको छ।

मुलकमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहोले सबै नागरिकको कोरोना बिमा गर्ने निर्णय भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए। व्यक्ति, सहकारी र स्थानीय तहको लागत साझेदारीका आधारमा कोरोना बिमा गर्ने उनले बताए।

चालू आर्थिक वर्षमा पहिलो चरणमा कूल जनसङ्ख्याको ४८ प्रतिशत नागरिकको कोरोना बिमा गर्ने योजना छ। कूल २५ हजार जनसङ्ख्या रहेको गाउँपालिकाले पहिलो चरणमा १२ हजारको कोरोना बीमा गर्ने योजना ल्याएको छ।

सहकारीको संस्थागत सहयोग तथा साझेदारी कार्यक्रमअन्तर्गत रहेको नौ लाख खर्च गरेर उनीहरुको कोरोना बिमा गर्ने निर्णय भएको अध्यक्ष पोखरेलले बताए। यो बजेटले नपुगे आकस्मिक कोषबाट रकमान्तर गरेर भएपनि सबै नागरिकको बिमा गरिने उनको भनाइ छ।

सहकारीको सदस्य भएमा सहकारीले एक सय, व्यक्तिले एक सय र गाउँपालिकाले एक सय तिर्ने गरी बिमा गरिन लागेको तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले बताए। सहकारीको सदस्य नभएमा बिमा गर्ने व्यक्तिले दुई सय तिर्नुपर्ने र त्यसमा गाउँपालिकाले एक सय थप गर्ने उनले बताए। अहिलेसम्म तामाकोशी गाउँपालिकामा कोरोना देखिएको छैन।

 

प्रकाशित मिति: १३:४४ बजे, सोमबार, भदौ २९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्