Kathmandu Press

बलिउड अभिनेत्री कंगनालाई 'वाई' श्रेणीको सुरक्षा

काठमाडौं, भदौ २२ : मुम्बईमा असुरक्षित महसुस गरेको भन्दै विवादमा आएकी बलिउड अभिनेत्री कंगाना रनौटलाई 'वाई' श्रेणीको सुरक्षा प्रदान गरिएको छ।मुम्बईलाई पाकिस्तान शासित...
बलिउड अभिनेत्री कंगनालाई 'वाई' श्रेणीको सुरक्षा

काठमाडौं, भदौ २२ : मुम्बईमा असुरक्षित महसुस गरेको भन्दै विवादमा आएकी बलिउड अभिनेत्री कंगाना रनौटलाई 'वाई' श्रेणीको सुरक्षा प्रदान गरिएको छ।

मुम्बईलाई पाकिस्तान शासित कश्मीरसँग तुलना गरेपछि उनी विवादमा आएकी थिइन्। यो विवादित भनाइले गर्दा उनलाई धम्की पनि आएको थियो।

Hardik ivf

यसैलाई ध्यानमा राखेर उनका बुवाले हिमाचल प्रदेश सरकारसँग सुरक्षा माग गरि निवेदन दिएका थिए। त्यसकै आधारमा उनलाई वाई श्रेणीको सुरक्षा प्रदान गरिएको भारतीय मिडियाले जनाएको छ।

हिमाचलका मुख्यमन्त्री जयराम ठाकुरले उनलाई सुरक्षाको व्यवस्था गरिएको जनाएका छन्। हिमाचलमा पूर्ण सुरक्षा दिइने र बाहिर जाँदा पनि कसरी सुरक्षा दिनसकिन्छ भन्ने विषयमा छलफल भइरहेको जनाएका छन्।

कंगनाले पनि भारतीय गृहमन्त्री अमित शाहलाई ट्वीटरमा मेन्सन गर्दै सुरक्षा व्यवस्था गरेकोमा धन्यवाद दिएकी छन्।

भारतमा 'वाई' श्रेणी सुरक्षा भीआईपीलाई दिने गरिन्छ। यसमा ११ सुरक्षाकर्मीको व्यवस्था गरिएको हुन्छ। जसमा एक वा दुई जना कमाण्डो र दुई जना पीएसओ सामेल हुन्छन्।

 

प्रकाशित मिति: १४:४१ बजे, सोमबार, भदौ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्