Kathmandu Press

शेयर बजारले आज मुख्य प्रतिरोधलाई तोड्यो

काठमाडौं, साउन १ : शेयर बजार २ दशमलव ३८ प्रतिशतले वृद्धि हुँदै बिहीबार नेप्से परिसूचक ३२ दशमलव ४२ अंकले बढेर १३९४ दशमलव ७७ को विन्दुमा बन्द भएको ....

शेयर बजारले आज मुख्य प्रतिरोधलाई तोड्यो

काठमाडौं, साउन १ : शेयर बजार २ दशमलव ३८ प्रतिशतले वृद्धि हुँदै बिहीबार नेप्से परिसूचक ३२ दशमलव ४२ अंकले बढेर १३९४ दशमलव ७७ को विन्दुमा बन्द भएको छ। 

१३६४  दशमलव २५ को विन्दुमा खुलेको दोस्रो बजार १३९५ दशमलव ८३ को उच्च विन्दु सम्म पुगेको थियो। बजारको न्यून विन्दु १३६२ दशमलव ५० मा रहँदा दिनभरमा १ अर्ब ४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल पुर्नबीमा कम्पनीको शेयर सर्वाधिक किनबेच भएको छ। पुर्नबीमा कम्पनीको ९ करोड ४१ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज एनआईसी एशिया लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले   कमाए भने ओरियन्टल होटल्सका शेयरधनीले सर्वाधिक ६ दशमलव ३८ प्रतिशतले गुमाए।


छोटो समयावधिको प्राविधिक विश्लेषण

केही समयदेखिको दैनिक विश्लेषणमा उल्लेख गरे बमोजिम बजार सकारात्मक रहेको र १३६२ को बलियो प्रतिरोध नजिक रहेर तोड्न खोजी रहेको भनिएको थियो। आज बजारले यो मुख्य प्रतिरोधलाई तोडेको देखिन्छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजार हाल १३६२ को प्रतिरोध क्षेत्रभन्दा माथि रहेको देखिन्छ। आजको बजारले ‘बुलिस मारुबोजु’ मैनबत्ती आकृति बनाएको छ। यसले आज बजारमा खरिदकर्ताको चाप रहेको र अर्को कारोबार पनि बजार बढ्न सक्ने संकेत गर्दछ। आजको मैनबत्तीलाई परिमाणले पनि समर्थन गरेको देखिन्छ, यसलाई सकारात्मक संकेत मानिन्छ।

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, दुई कारोबार दिनको पाँच मिनेट मैनबत्तीको प्रवृत्ति देखाइएको छ। हिजो र आज बजार बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। २१ र ५० समयावधिको ‘एक्पोनेन्सियल मुभिङ एभरेज’ ले क्रेताको चाप रहेको  संकेत गरेको छ। ‘रिलेटिभ स्ट्रेन्थ इन्डेक्स’ ७५ दशमलव ५७ अंकमा रहेको र यसले बजारमा शेयर बढी खरिद भएको संकेत गर्दछ।  

निष्कर्ष : माथि उल्लेखित बजारको प्रवृत्ति र सूचकलाई समग्र रुपमा हेर्दा बजार सकारात्मक रहेको र अर्को तत्कालीन प्रतिरोध १४२५ को क्षेत्रमा रहेको देखिन्छ। हाल बजारको टेवा १३५० को क्षेत्रमा रहेको देखिन्छ।
 

प्रकाशित मिति: १८:५४ बजे, बिहीबार, साउन १, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्