Kathmandu Press

शेयर बजार आज अन्योल अवस्थामा

काठमाडौं, असार २५ : नेप्से परिसूचक ४ दशमलव ५७ अंकले बढेर १३३१ दशमलव १० को विन्दुमा बन्द भएको छ। 

१३२७  दशमलव १३ को विन्दुमा ख....

शेयर बजार आज अन्योल अवस्थामा

काठमाडौं, असार २५ : नेप्से परिसूचक ४ दशमलव ५७ अंकले बढेर १३३१ दशमलव १० को विन्दुमा बन्द भएको छ। 

१३२७  दशमलव १३ को विन्दुमा खुलेको दोस्रो बजार १३३३ दशमलव २६ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु १३१२ दशमलव ०२  रहँदा ९० करोड ८० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

आजको बजारको अवस्था  

Hardik ivf

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर किनबेच भएको छ। नेपाल पुनर्र्बीमा कम्पनीको १५ करोड १८ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज सुर्योदय लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ९९ प्रतिशतले कमाए भने ग्लोबल आईएमई समुन्नत स्किम १ का इकाईधनीले सर्वाधिक ३ दशमलव ९०  प्रतिशतले गुमाए।

 

छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो दिनको विश्लेषणमा बजारको तत्कालीन प्रतिरोध १३६२ र तत्कालीन  टेवा १२८० भनिएको थियो। आाज बजार यही विन्दुभित्र उतारचढाव भएको छ। त्यसैले बजारले आज खासै कुनै दिशा तय गर्न नसकेको देखिएको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजार हाल १३६२ को प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले बजारमा उतारचढाव कम रहेको संकेत गरे पनि कारोबारको अन्तिम समयमा क्रेताको चाप रहेको संकेत गरेको छ। आजको परिमाणले बजार सामान्य रहेको संकेत गरेको छ।

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति


चित्र नं. २ मा, दुई कारोबार दिनको पाँच मिनेट मैनबत्तीको प्रवृत्ति देखाइएको छ। हाल बजार प्रवृत्तिहीन रहेकाले बजारमा लगानीकर्ता अन्योल अवस्थामा रहेको देखिन्छ। 
२१ र ५० समयावधिको ‘एक्पोनेन्सियल मुभिङ एभरेज’ले दिएको संकेत प्रभावकारी देखिँदैन। ‘रिलेटिभ स्ट्रेन्थ इन्डेक्स’ ६४ दशमलव २७ अंकमा रहेको र यसले बजार केही सकारात्मक हुन सक्ने संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित बजारको प्रवृत्ति र सूचकलाई समग्र रुपमा हेर्दा हालसम्म बजार सकारात्मक रहेको र यदि बजार १३४५ भन्दा माथि स्थिर रहेमा बजार अझ बढ्दो प्रवृत्तिमा हुन सक्ने संकेत गर्नुका साथै अर्को तत्कालीन मुख्य प्रतिरोध १३६२ को क्षेत्रमा रहेको देखिन्छ। हाल बजारको सामान्य टेवा  १३१० को क्षेत्रमा रहेको देखिन्छ।
 

प्रकाशित मिति: १९:१६ बजे, बिहीबार, असार २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्