Kathmandu Press

सबै प्रदेशमा फिल्म छायांकन स्थल निर्माण हुने

काठमाडौं, जेठ १६ : देशका सातै प्रदेशमा फिल्म छायांकन स्थल निर्माण गरिने भएको छ।

अगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा अर्थमन्त्री डा.युवराज खत....

सबै प्रदेशमा फिल्म छायांकन स्थल निर्माण हुने
फाइल फाेटाे
Hardik ivfHardik ivf

काठमाडौं, जेठ १६ : देशका सातै प्रदेशमा फिल्म छायांकन स्थल निर्माण गरिने भएको छ।

अगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा अर्थमन्त्री डा.युवराज खतिवडाले ‘छायाँकनका लागि नेपाल’ कार्यक्रम कार्यान्वयनमा ल्याइने बताएका छन्। उनले प्रत्येक प्रदेशमा फिल्म छायांकन स्थल निर्माण हुने पनि बताएका छन्।

प्रदेश सरकारको समन्वयनमा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकता, भाषा र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नेगरी चलचित्र निर्माणमा प्रोत्साहन गरिने भएको छ।

त्यस्तै, चलचित्र कलाकार संघको भवन निर्माण र नेपाली चलचित्रको सुरक्षित भण्डारणका लागि नेपाल चलचित्र विकास बोर्डलाई बजेट विनियोजन गरिएको छ।

यससँगै फिल्म हललाई मूल्य अभिवृद्धी कर, कर विवरण तथा कर दाखिला गर्ने अवधि बढाई चौमासिक बनाइएको छ। साहित्य, कला तथा संगीत क्षेत्रका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको जनाएको छ।

बजेट भाषणमा अर्थमन्त्री डा.खतिवडाले देशका सबै समुदायका परम्परागत सीप, मूल्यमान्यता र संस्कृतिको संरक्षण एवं सम्बद्र्धन गर्ने कार्यक्रम सञ्चालन गर्ने बताएका छन्। त्यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रतिष्ठान र संगीत तथा नाट्य प्रतिष्ठानलाई आवश्यक बजेट व्यवस्थापन गरिएको बताए।

सरकारले निर्माण, यातायातसँगै आमसञ्चार एवं चलचित्रलगायत क्षेत्रलाई पनि छुट दिने भएको छ। चलचित्र क्षेत्रमा कोरोना भाइरसका कारण परेको प्रभावको सम्बोधन गरिने जनाएको छ।

 

प्रकाशित मिति: १४:०६ बजे, शुक्रबार, जेठ १६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्