Kathmandu Press

राजस्व छलिमा २४ व्यापारीविरुद्ध मुद्दा

काठमाडौं, फागुन २१ : नक्कली भ्याट बिल बनाएर राजस्व छलि गरेकाे आराेपमा राजस्व अनुसन्धान विभागले २४ व्यापारीविरुद्ध मुद्दा दायर गरेको छ । मुद्दामा एक अर....

राजस्व छलिमा २४ व्यापारीविरुद्ध मुद्दा
फाइल फोटो
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २१ : नक्कली भ्याट बिल बनाएर राजस्व छलि गरेकाे आराेपमा राजस्व अनुसन्धान विभागले २४ व्यापारीविरुद्ध मुद्दा दायर गरेको छ । मुद्दामा एक अर्ब ७५ करोड रुपैयाँ विगो दावी गरिएको छ ।

विभागले उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । उनीहरुले नक्कली भ्याट बिल बनाएर कारोबार गरेको पाइएको विभागले जनाएको छ ।

ठूलो परिणाममा कर छलि भइरहेको पाइएपछि विभागले अनुसन्धान शुरु गरेको थियो । दुई महिना लगाएर गरेको अनुसन्धानमा २४ फर्म दोषी देखिएका हुन् ।

विभागले माघ ३ गते परमेश्वर साह र माघ ४ गते जयकिशोर साहलाई पक्राउ गरेको थियो । त्यसपछि शुरु गरिएको विस्तृत अनुसन्धानमा २४ फर्मले भ्याट छलि गरिरहेको पाइएको हो ।

भ्याट छलिको आरोप लागेका २४ फर्म र संचालक:

त्यस्तै विभागले विदेशी विनिमय अपचलन र हुन्डी कारोबारमा गोविन्द सुब्बा र इन्द्र नारायण लिम्बुविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । उनीहरूविरुद्ध तीन करोड ६६ लाख बिगो दावी गरिएको छ ।

यसैगरी राजस्व चुहावट गरेको आरोपमा दिपेश कुमार यादवसहित आठ जनाविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । उनीहरुविरुद्ध एक करोड ४२ लाख ४५ हजार सात सय ९१ रुपैयाँ विगो दावी गरिएको छ ।

प्रकाशित मिति: १५:१४ बजे, मंगलबार, फागुन २१, २०७५
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्