Kathmandu Press

शेयर बजारमा विक्रेता हाबी 

काठमाडौं, चैत ४ : साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४४ दशमलव ३३ अंकले घटेर १२७२ दशमलव ०६ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार ३ दश....

शेयर बजारमा विक्रेता हाबी 

काठमाडौं, चैत ४ : साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४४ दशमलव ३३ अंकले घटेर १२७२ दशमलव ०६ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार ३ दशमलव ३७ प्रतिशतले घटेको छ। 

१३१६ दशमलव ७४ को विन्दुमा खुलेको थियो दोस्रो बजार १३२१ दशमलव ४७ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु १२६६ दशमलव ४४ रहँदा दिनभरमा १ अर्ब ४६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम अघिल्लो दिनभन्दा घटेको छ।

आजको बजार अवस्था  

Hardik ivf

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै एन.आई.सी. एशिया बैंक लिमिटेडको शेयर किनबेच भएको छ। एन.आई.सी. एशिया बैंक लिमिटेडको १० करोड ७ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज जोशी हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ७ दशमलव ६९ प्रतिशतले कमाए भने सिद्धार्थ इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक १० प्रतिशतले गुमाए।

 

छोटो समयावधिको प्राविधिक विश्लेषण

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार हाल बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। आजको बजारले ‘बियरिस मारुबोजु’ मैनबत्ती आकृति बनाएको छ। यसले बजारमा विक्रेता हाबी रहेको संकेत गर्दछ। आजको परिमाण भने प्रभावकारी देखिँदैन।  

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति


चित्र नं. २ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन प्रवृत्तिहीन रहेको बजार आज घट्दो प्रवृत्तिमा रहेको छ। २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए) ले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ।  रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) को प्रवृत्ति केही सकारात्मक हुन खोजेको देखिन्छ। स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको संकेत गरेको छ। 

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकलाई समग्र रुपमा हेर्दा बजार घट्दो प्रवृत्तिमा रहेकाले बजार प्रवेश गर्नुअघि जोखिम कम गर्न सूचक र बजार प्रवृत्तिको सकारात्मक संकेत पर्खनु पर्ने देखिन्छ। हालको तत्कालीन प्रतिरोध १२९० को क्षेत्रमा देखिन्छ भने तत्कालीन टेवा १२६५ को क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १९:१२ बजे, मंगलबार, चैत ४, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्