सहकारी पत्रकार समाजको अध्यक्षमा काजी श्रेष्ठ

काठमाडौं, मंसिर २९ : नेपाल सहकारी पत्रकार समाज ९सिजेएन० को अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित भएका छन्।
सिजेएनको १३औं वार्षिक साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो। श्रेष्ठ दोश्रो कार्यकालका लागि अध्यक्ष चयन भएका हुन्। समाजको उपाध्यक्षमा अर्जुन खतिवडा, सचिवमा सन्तोष रोकाया, सह(सचिवमा सुधा देवकोटा र कोषाध्यक्षमा माधव कुमार खड्का चयन भए।
यस्तै सदस्यमा नमिता दुलाल र बलराम बुढाथोकी रहेका छन्। समाजको विधान अनुसार २ सदस्य पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए। नवनिर्वाचित कार्यसमितिलाई मुख्य निर्वाचन अधिकृत विष्णु गिरी लगायतले प्रमाणपत्र वितरण गरेका थिए।
नवर्निवाचित अध्यक्ष श्रेष्ठले सबै कार्यसमितिलाई साथमा लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए। श्रेष्ठले आफ्नो कार्यकालमा बार्षिक क्यालेन्डर बनाएर संस्थालाई सक्रिय बनाउने बताए।












