Kathmandu Press

नर्सदेखि प्राविधिकसम्म सेनाले माग्यो १२५ जना कर्मचारी 

मेडिकलतर्फ ३२ जना, नर्सिङतर्फ १८ जना, सैनिक ब्यान्डतर्फ १४ जना, मर्मततर्फ १२ जना, अन्य सेवा तर्फ ४२ जना कर्मचारी चाहिएको शुक्रबार राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दै सेनाले जनाएको छ । 
नर्सदेखि प्राविधिकसम्म सेनाले माग्यो १२५ जना कर्मचारी 

काठमाडौं, मंसिर २९ : नेपाली सेनाले मेडिकल,हवाई सेवालगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि आज १ सय २५ जना कर्मचारी माग गरेको छ।

शुक्रबार सेनाले एक सूचना प्रकाशित गर्दै हवाई सेवा,मेडिकल,प्राविधिकलगायत विविधपदमा १ सय २५ जना कर्मचारी मागेको छ । 

Hardik ivf

मेडिकलतर्फ ३२ जना, नर्सिङतर्फ १८ जना, सैनिक ब्यान्डतर्फ १४ जना, मर्मततर्फ १२ जना, अन्य सेवा तर्फ ४२ जना कर्मचारी चाहिएको शुक्रबार राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दै सेनाले जनाएको छ । 

उल्लेखित पदहरूमा काम गर्न इच्छुक र योग्यता पुगेकाहरूले सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ गते भित्र दरखास्त दिनुपर्ने उल्लेख छ । 

सेनाले आवेदन दिँदा पदअनुसार फरक फरक दरखास्त शुल्क तिर्नुपर्ने जनाएको छ । 
 
प्रकाशित मिति: ०८:५३ बजे, शुक्रबार, मंसिर २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्