Kathmandu Press

रैथाने बाली उत्पादनमा जोड दिऔं : अर्थमन्त्री डा. महत

उनले महोत्सवमार्फत् नुवाकोटको कला संस्कृति, सभ्यता, खेल, उत्पादन र विविध विशेषता झल्कने बताउँदै महोत्सव हेर्न आउनेले जिल्लाको विविधता चिन्ने अवसर पाउने बताए।
रैथाने बाली उत्पादनमा जोड दिऔं : अर्थमन्त्री डा. महत

नुवाकोट, मंसिर २८ : अर्थमन्त्री डा. प्रकाशशरण महतले रैथाने बालीको उत्पादन र जोड दिन आग्रह गरेका छन्।

बिहीबार प्रथम नुवाकोट खेलकुद तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उनले रैथाने बालीको बजार र माग पर्याप्त रहेको भन्दै थोरै उत्पादन भयो भने पनि मूल्य धेरै पाइने बताए।

Hardik ivf

‘रासायनिक मल, किटनाशक औषधिले रोगव्याधि बढ्यो। नयाँ नयाँ रोग देखाप¥यो, यी सबै हाम्रो खानपान र जीवनशैलीले गर्दा हो,’ उनले भने, ‘हाम्रो जीवनशैली सुहाउँदो उत्पादनलाई प्रवद्र्धन गर्न आग्रह गर्छु।’

उनले महोत्सवमार्फत् नुवाकोटको कला संस्कृति, सभ्यता, खेल, उत्पादन र विविध विशेषता झल्कने बताउँदै महोत्सव हेर्न आउनेले जिल्लाको विविधता चिन्ने अवसर पाउने बताए।

‘देशको सांस्कृतिक र भौगोलिक, जलवायु, वनस्पति, चराचुरुंगी, जातजाति, भाषा र वेशभूषाको विविधता नेपालको गौरव हो । यो विविधताको संरक्षण हुनुपर्छ । जति धेरै विविधता छ, त्यत्ति धेरै हामी समृद्ध हुँदै जान्छौं,’ उनले भने।

मौलिकता छोड्दा नेपालको पहिचान गुम्ने डर हुने भन्दै हाम्रो धर्म संस्कृति र जीवनशैलीमा धेरै ठूलो शक्ति रहेको उनको भनाइ छ।

नुवाकोटमा उत्पादन हुने फलफूल र तरकारी एक डेढ घन्टामा हामी काठमाडौंको बजारमा पु¥याउन सक्ने सम्भावना औंल्याउँदै उनले सडक सञ्जालको विस्तार भएको छ, अब घरमा बसेर काठमाडौंमा जागिर खान सकिने बताए।

 

प्रकाशित मिति: २०:३० बजे, बिहीबार, मंसिर २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्