लागुऔषधसहित ७ जना पक्राउ

विराटनगर, मंसिर २८ : प्रहरीले मोरङ र झापाका छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध सहित सातजनालाई पक्राउ गरेको छ।
झापाको बिर्तामोड नगरपालिका–४ बाट भारत बिहार माल्दाका २२ बर्षीय जेनिश राजबंशी र ताप्लेजुङ सिरिजंघा गाउँपालिका–१ की २४ बर्षीया युनिशा लिम्वुलाई १ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर पक्राउ गरिएको हो।
यसैगरी विराटनगर–१५ मा लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको टोलीले झापाको दमक नगरपालिका–८ का २३ वर्षीय अजय साह र २१ वर्षीय राजेश ताजपुरियालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट एभिल ४० एम्पुल, फेनारागन ४० एम्पुल, लुपिजेसिक ४० एम्पुल र डाइजोपाम ४० एम्पुल लगायत लागूऔषधि बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै, झापाको दमकबाट २४ वर्षीय भीमबहादुर राई र २१ वर्षीय विकास घलेलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनीहरुको साथबाट २ ग्राम ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको छ।
उता, इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले झापाको बुद्धशान्ति गाउँपालिका–३ मा मेचीनगर–१३ की ३८ वर्षीया पवित्रा राजवंशीलाई एक ग्राम ब्राउन सुगरसहित बरामद गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।












