ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

विराटनगर, मंसिर २८ : मोरङको उर्लाबारी नगरपालिका–१ मा ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ।
उर्लाबारी–१ स्थित खेतमा माटो लोड गरी सडकतर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त १०५६ नम्बरको ट्याक्टरबाट लडेर सहचालक मिक्लाजुङ गाउँपालिका–९ का ३४ वर्षीय नैन श्रेष्ठ घाइते भएका थिए।
उपचारका लागि मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा लगिएकोमा परीक्षणपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न ट्रयाक्टर र चालक मिक्लाजुङ–९ का भागिरथ श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिइ घटनाबारे अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रकाशित मिति: १४:२८ बजे, बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












