Kathmandu Press

चार प्रकारका औषधि ‘सुविधा थैली’बाट हटाइए

चार प्रकारका औषधि ‘सुविधा थैली’बाट हटाइए

काठमाडौं, मंसिर २८ : सरकारले स्वास्थ्य बिमा कार्यक्रम मार्फत प्रदान गर्दै आएको चार प्रकारका औषधि ‘सुविधा थैली’बाट हटाएको छ। स्वास्थ्य बिमा बोर्डले ती औषधि सिफारिस नगर्न पनि सबै सेवा प्रदायकमा अनुरोध गरेको छ ।

सुविधा थैलीबाट हटाइएका चार प्रकारका औषधिमा एम्पिसिलनि/क्लोक्जासिलिन, सेफोपेराजोन/सल्बेक्टम, सेफोटेक्सिम/सल्बेक्टम र सेफोडक्सिम प्रोक्सिटिल एसिड छन्। यी चारवटै एन्टिबायोटिक औषधि हुन्।

औषधि व्यवस्था विभागको ‘सिफारिस नगरिएका औषधि’को सूचीमा रहेकालाई प्रयोग नगर्ने' निर्णयअनुसार सुविधाबाट ती औषधि हटाइएको  बोर्डले जनाएको छ। एन्टिबायोटिकको प्रयोग न्यूनीकरण गर्न विश्व स्वास्थ्य संगठनले सन् २०२१ मा १०३ औषधिलाई ‘सिफारिस नगरिएका औषधि’को सूचीमा राखेको छ।

प्रकाशित मिति: १३:३५ बजे, बिहीबार, मंसिर २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्