Kathmandu Press

पाँच महिनामा दुई हात्ती मृत फेला

पाँच महिनामा दुई हात्ती मृत फेला

झापा, मंसिर २८ : बाह्रदशी गाउँपालिका(१ स्थित बागमतामा आज जङ्गली हात्ती मृत फेला परेको छ।

सो स्थानमा भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 

हात्ती नगेन्द्र राईको बारीको सुठुनी खाएर सोही स्थानको तोरी बारीमा मृत अवस्थामा फेला परेको उहाँले बताउनुभयो। हात्तीको शरीरमा बाहिरी चोट पटक देखिएको छैन। घटनास्थलमा डिभिजन वन कार्यालय झापाका कर्मचारीले अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरेका छन्। 

झापामा चालु आर्थिक वर्षमा योसहित दुई वटा हात्ती मृत फेला परिसकेका छन्। हात्तीको आक्रमणमा परी हालसम्म दुई जनाको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका वन अधिकृत ऋषि पराजुलीले जानकारी दिए।

प्रकाशित मिति: १२:२८ बजे, बिहीबार, मंसिर २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्