डर्टमन्डसँग बराबरी खेल्दै पिएसजी नकआउटमा, मिलान बाहिरियाे
बुधबार राति भएको लिगको अन्तिम खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डसँग १–१ गोलको बराबरी खेल्दै पिएसजीले नकआउटमा स्थान पक्का गरेको हो।काठमाडाैं, मंसिर २८ : फ्रेन्च क्लब पिएसजी च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। बुधबार राति भएको लिगको अन्तिम खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डसँग १–१ गोलको बराबरी खेल्दै पिएसजीले नकआउटमा स्थान पक्का गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्र्रो हाफको सुरुआतमै डर्टमन्डले अग्रता लियो। ५१औं मिनेटमा उसका करिम एइडेमीले गोल गरेका थिए। तर, त्यसको ५ मिनेटपछि नै पिएसजीले बराबरी गोल फर्कायो। उसका वारेन जाइरी एमेरीले गोल गरेका थिए।
त्यसपछि गोल नहुँदा पिएसजी नकआउटमा पुग्यो। ग्रुप अफ डेथका रुपमा रहेको समूह एफबाट ११ अंकसहित डर्टमन्ड शीर्ष स्थानमा रहँदै नकआउट पुग्दा पिएसजी ८ अंकसहित दोस्रो स्थानमा रह्यो।
यता, यही समूहमा रहेको मिलान भने अन्तिम खेलमा जितका बाबजुद नकआउटमा पुग्न असफल भयो। उसले अन्तिम खेलमा न्युकासललाई हराउँदै पिएसजीसँग समान ८ अंक भएपछि उ तेस्रो स्थानमा रहँदै युरोपा लिग खेल्न बाध्य भयो।