सिम्रौनगढमा प्रहरी र प्रदर्शनकारीबीचको झडपमा गोली चल्यो

कलैया, मंसिर २७ : बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। उक्त झडपमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्।
सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा एक समूहले हाजिर गर्न अवरोध गरेपछि विवाद शुरु भएको जनाइएको छ। सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत दुई महिनादेखि कर्मचारीहरूले तलब भत्ता पाउन सकेका थिएनन्।
झडपको वातावरण उत्पन्न भएपछि अहिले प्रहरी परिचालन गरिएको छ। झडप नियन्त्रणका लागि गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गर्दा १० जना प्रहरी घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा एकजना प्रदर्शनकारीलाई गोली लागेको हो। अहिले घाइते प्रहरीहरुलाई उपचारको लागि अस्पताल लगिएको छ।
प्रकाशित मिति: १७:०१ बजे, बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
