‘नो विन्टर होलिडेज’ उत्कृष्ट फिचर डकुमेन्ट्री
एउटै पुरुषसँग विवाह भएर श्रीमान दिवंगत भएपछिका दुई एकल वृद्ध महिलाको कथा रहेको वृत्तचित्रलाई महोत्सवको निर्णायक समितिले उत्कृष्ट ठहर गरेको हो।(4)-1702394963.jpg)
काठमाडौं, मंसिर २६ : राजन कठेत र सुनीर पाण्डेद्वारा निर्देशित ‘नो विन्टर होलिडेज फ्रम नेपाल’ ले ११ औं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ मा उत्कृष्ट फीचर डकुमेन्ट्रीको पुरस्कार जितेको छ।
एउटै पुरुषसँग विवाह भएर श्रीमान दिवंगत भएपछिका दुई एकल वृद्ध महिलाको कथा रहेको वृत्तचित्रलाई महोत्सवको निर्णायक समितिले उत्कृष्ट ठहर गरेको हो।
मंगलबार सम्पन्न महोत्सवमा उत्कृष्ट कथानकमा सर्ट फिल्मतर्फ प्राmन्सको जवाहिन जेनिटरको ‘अन माइ फादर्स ग्रेभ,’ आकांक्षा कार्कीको ‘सनै,’ महिला सिनेकर्मीमा शुभांगी खड्काको ‘एज अफ लर्निङ’ उत्कृष्ट ठहरिए।
प्रत्येक वर्ष जस्तै यसपालि सामूहिक अधिकारका विषयलाई प्राथमिकतामा राखेर उक्त महोत्सव सम्पन्न भएको आयोजकले जनाएका छन् । यसपटकको महोत्सवमा सयभन्दा बढी देशबाट फिल्मको आवेदन परेका थिए। जसमा २६ देशका ५४ वटा फिल्महरु मात्रै महोत्सवमा राखिएको थियो।
मानवअधिकारको विषयलाई फिल्ममार्फत् जनतासम्म सहजै रुपमा पु¥याउन र फिल्म निर्माताहरुलाई आफूले बनाएको चलचित्रहरु प्रदर्शन गर्नका लागि एउटा मञ्च प्रदान गर्ने उद्देश्यका साथ करिब ११ वर्षदेखि महोत्सव मनाइँदै आएको छ ।












