Kathmandu Press

अस्पतालको क्वाटर नजिकै लागेको आगो नियन्त्रणमा

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको प्रयासमा करिब दुई घण्टापछि मात्र आगो नियन्त्रणमा आएको हो।
अस्पतालको क्वाटर नजिकै लागेको आगो नियन्त्रणमा
फाइल तस्बिर।

इलाम, मंसिर २६ : इलाम अस्पतालको क्वाटर नजिकै लागेको आगो नियन्त्रणमा आएको छ।

आगलागी भएको स्थानमा दमकल पुग्न नसक्ने भएका कारण आगो निभाउन समस्या भएको थियो।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको प्रयासमा करिब दुई घण्टापछि मात्र आगो नियन्त्रणमा आएको हो।

खाना पकाउने ग्यास पड्किएपछि आगो नियन्त्रण बाहिर गएको जनाइएको छ। अस्पतालको क्वाटर नजिकै भान्सा घरमा आगो लाग्दा अस्पतालको क्वाटरको तल्लो भागमा समेत क्षति पुगेको जनाइएको छ।

प्रकाशित मिति: १८:०४ बजे, मंगलबार, मंसिर २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्