प्रकाश गुरागाईंको ‘जङ्क्सन पिपलबोट’ र प्रगति राईको ‘थाङ्ग्रा’लाई पहिचान पुरस्कार
पहिचान पुरस्कार कोषले मंगलबार गुरागाईंको गैरआख्यान कृति ‘जङ्क्सन पिपलबोट’ र राईको उपन्यास ‘थाङ्ग्रा’लाई संयुक्त रुपमा पहिचान पुरस्कार दिने निर्णय गरेको हो।
काठमाडौं, मंसिर २६ : २०७९ सालको पहिचान पुरस्कार पत्रकार प्रकाश गुरागाईंको ‘जङ्क्सन पिपलबोट’ र प्रगति राईको ‘थाङ्ग्रा’ प्रदान गरिने भएको छ।
पहिचान पुरस्कार कोषले मंगलबार गुरागाईंको गैरआख्यान कृति ‘जङ्क्सन पिपलबोट’ र राईको उपन्यास ‘थाङ्ग्रा’लाई संयुक्त रुपमा पहिचान पुरस्कार दिने निर्णय गरेको हो।
जुरीले छनोट गरेका उत्कृष्ट ८ कृतिबाट यी दुई कृति छनोट गरिएको हो। पुरस्कारको राशि ४ लाख रुपैयाँ छ। पुरस्कार आगमी वैशाख १ गते भोजपुरको टेम्के मैयुङको चखियामा एक कार्यक्रमबीच प्रदान गरिनेछ।
लामोसयदेखि पत्रकारिता गर्दै आएका गुरागाईं उन्मुक्त पुस्ता आन्दोलनका एक अभियान्ता हुन्। ‘जङ्क्सन पिपलबोट’ गुरागाईंको पहिलो गैरआख्यान कृति हो। यसअघि उनले ‘खुट्टामा श्रीपेच’ नामक कविता संग्रह निकालेका थिए।
‘जङ्क्सन पिपलबोट’मा गुरागाईंले ६०–७० वर्षअघिको साहित्य र राजनीतिक इतिहास खोतल्ने प्रयास गरेका छन्।
लामो समयबाट महिलाको लागि वंश अधिकार र पहिचानको विषयलाई लिएर निरन्तर लेख्दै आइरहेको नाम हो, ‘प्रगती राई’। उनले आफ्नो कृति थाङ्ग्रामा जातीय छुवाछुत, महिलाको लागि वंश अधिकार र पहिचानको आवाजलाई बुलन्द उठाएकी छन्।
राईले ‘थाङ्ग्रा’मा जातीय छुवाछुत, महिलाका लागि वंश अधिकार र पहिचानको आवाज उठाइएकी छिन्।












