इलाम अस्पताल नजिक आगलागी, नियन्त्रणको प्रयास जारी
जिल्ला स्वास्थ्य कार्यालय भन्दा माथिपट्टी रहेको अस्पतालको क्वाटरसँगै जोडिएको भान्साघरमा केही बेर अघि आगलागी भएको हो।
इलाम, मंसिर २६ : इलाम अस्पतालको क्वाटरसँगै जोडिएको भान्सा घरमा आगलागी हुँदा त्रास फैलिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय भन्दा माथिपट्टी रहेको अस्पतालको क्वाटरसँगै जोडिएको भान्साघरमा केही बेर अघि आगलागी भएको हो। आगोका कारण उक्त भान्साघरमा राखिएका पाँच वटा ग्यास सिलिण्डर पड्किएको आवाज आएको प्रत्यक्षदर्शीले बताएका छन्।
आगो सुरु भएलगतै इलाम नगरपालिकाको दमकलाई खबर गरिए पनि दमकल जाने बाटो साँघुरो भएका कारण आगो नियन्त्रणमा लिन कठिनाई भएको छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय मिलेर अहिले आगो निभाउन प्रयास भइरहेको छ।
आगलागीका कारण भान्साघरमा राखिएका सामग्री जलेर नष्ट भएका छन्। अस्पताल नजिकै आगो लागेपछि प्रसूति वार्डमा रहेका बिरामीलाई अहिले अस्पतलाको इमरजेन्सी कक्षमा सारिएको जनाइएको छ। आगो नियन्त्रणमा आइसकेको छैन।
प्रकाशित मिति: १६:३५ बजे, मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












