Kathmandu Press

भक्तपुरमा एकजना इनारमा मृत भेटिए

चाँगुनारायण नगरपालिका–९ ताथली राममन्दिर बस्ने ५२ वर्षीय राम खड्का आफ्नै घरको इनारमा मृत फेला परेको प्रहरीले जनाएको छ।
भक्तपुरमा एकजना इनारमा मृत भेटिए

भक्तपुर, मंसिर २६ : भक्तपुरको ताथलीमा एकजना व्यक्ति इनारमा मृत फेला परेका छन्।

चाँगुनारायण नगरपालिका–९ ताथली राममन्दिर बस्ने ५२ वर्षीय राम खड्का आफ्नै घरको इनारमा मृत फेला परेको प्रहरीले जनाएको छ।

खड्का मंगलबार बिहान चिया खाएर घरबाट निस्केका थिए। उनी सम्पर्कमा नआएपछि परिवारले खोजी गर्दा आफ्नै घरको इनारमा मृत भेटिएका थिए।

खड्कालाई इनारमा डुबीरहेको अवस्थामा मृत फेला परेको देखेपछि उनका छोरा कञ्चन खड्काले प्रहरीलाई खबर गरेका थिए। मृत्युको बिषयमा प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको जनाइएको छ।

 

प्रकाशित मिति: १५:२९ बजे, मंगलबार, मंसिर २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्