चोरीका घटना बढेपछि व्यापारीहरु चिन्तित, सुरक्षा माग
शनिबार बेलुका पसल बन्द गरेर घर गएको र आइतबार बिहान पसल खोल्दा चोरी भएको थाहा पाएको उनले बताए। इलाका प्रहरी कार्यालयदेखि २ सय मिटर टाढाको पसलमा चोरी भएको भन्दै आक्रोशित स्थानीय व्यापारीहरुले आइटी चोकमा विरोध प्रदर्शन समेत गरे।रौतहट, मंसिर २६ : रौतहटको कटहरिया तथा मौलापुर बजार क्षेत्रका पसलमा चोरीका घटना बढेका छन् । यसले गर्दा स्थानीय बासिन्दा तथा व्यवसायीहरु चिन्तित बनेका छन्।
केही दिनअघि कटहरिया बजारमा रहेका चारवटा पसलमा चोरी भएको थिया। फेरि मौलापुरमा रहेको एक पसलमा चोरी भएको हो । मौलापुर नगरपालिका वडा नं. ५ मा रहेको लक्ष्मी ट्रेडर्स हब मोबाइलपसलमा १६ लाख बराबरको सामान तथा नगद चोरी भएको पसलका सञ्चालक धीरज पटेलले बताए।
पसलको सटरमा लगाएको ताला फोडेर सामान चोरी भएको उनको भनाई छ। स्मार्ट फोन ३० थान, स्मार्ट एलईडी ४३ इन्च ६ थान, किप्याड मोबाइल ४० थान, राईस कुकर ५ थान, आइरन ४ थान, ल्यापटप १ थान, आईफोन १ थानलगायत सामान चोरिएको पटेलको दाबी छ।
शनिबार बेलुका पसल बन्द गरेर घर गएको र आइतबार बिहान पसल खोल्दा चोरी भएको थाहा पाएको उनले बताए। इलाका प्रहरी कार्यालयदेखि २ सय मिटर टाढाको पसलमा चोरी भएको भन्दै आक्रोशित स्थानीय व्यापारीहरुले आइटी चोकमा विरोध प्रदर्शन समेत गरे।
यसअघि कटहरिया बजारको हनुमानमन्दिर नजिक रहेको शिवशङ्कर साह तेलीको गल्ला पसल, दिनेशप्रसाद जयसवाल र अवधप्रसाद जैसवालको पसलबाट नगद सहितका सामनहरु चोरी भएको थियो।
घटनास्थल इलाका प्रहरी कार्यालयबाट नजिक भए पनि ढिलो गरी प्रहरी पुगेको भन्दै स्थानीय व्यापारी आक्रोशित भएका थिए। चोरी बढ्दै गएको भन्दै व्यवसायीले सुरक्षाको मागगर्दै प्रहरी प्रशासन र नगरपालिकाको ध्यानाकर्षण गराएका छन्।
मौलापुरमा भएको चोरीको घटनामा संलग्नलाई अविलम्ब पक्राउ गरी कारबाहीको दायरामा ल्याउन उनीहरूले माग गरेका छन्।
कटहरियामा भएको चोरीको घटनामा संग्लन एक जनालाई पक्राउ गरिसकेको प्रहरीले दावी गरेको छ। पसलबाट सामन चोरी गरेर भाग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय कटहरियाको गस्ति टोलीले कटहरिया नगरपालिका वडा नं. ५ बस्ने रामेश्वर राययादवलाई पक्राउ गरेको हो।
उनको साथबाट करिब १५ हजार नगद र केही सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पछिल्लो समयमा भएको चोरीका घटनामा संलग्नहरुको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ।
नीयले रात्रिकालिन समयमा सुरक्षा गस्ती बढाउन प्रहरी प्रशासनसंग माग समेत गरेका छन्।