Kathmandu Press

इजरायलले गाजामा पुनर्वास कार्यक्रम सञ्चालन गर्ने

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टीसँग जोडिएको क्षेत्रका लागि ‘पुनरुत्थान प्राधिकरण’ स्थापना गरिने बताएका छन्।
इजरायलले गाजामा पुनर्वास कार्यक्रम सञ्चालन गर्ने

जेरुसेलम, मंसिर २६ : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजालाई शान्ति र समृद्धिको नयाँ केन्द्र बनाउने बताएका छन्।

इजारायलको मन्त्रिपरिषद्ले गाजाको पुनर्निर्माणका लागि ४९ करोड डलरको योजनालाई अनुमोदन गरेको छ  योजना अन्तर्गत गाजामा २०२४ देखि २०२८ सम्म पुनर्वास कार्यक्रम सञ्चालन गरिनेछ।

Hardik ivf

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टीसँग जोडिएको क्षेत्रका लागि ‘पुनरुत्थान प्राधिकरण’ स्थापना गरिने बताएका छन्।

नेतान्याहुले पुनर्निर्माणका लागि ठूलो बजेट तयार पारिएको भन्दै कोही पनि पछि नपरेको बताए। स्थानीय निकाय र समुदायसँगको सहकार्यमा तयार पारिएको ढाँचाले गाजामा उल्लेख्य जनसांख्यिकीय वृद्धिसहित पुनर्वास कार्यक्रम सुरुहुने बताए।

नेतान्याहुले इजरायलले सहर र ग्रामीण समुदायको फस्टाउने र समृद्धि सुनिश्चित गर्ने पनि बताएका छन्। यसका लागि शिक्षा, रोजगारी, सामाजिक सेवा, विस्थापितलाई सहयोग, कृषि, व्यवसायलगायत सबै क्षेत्रमा लगानी गरिने पनि बताएका छन्।

इजरायलद्वारा जारी पुनर्निर्माण योजना र दक्षिणी गाजामा भएको आक्रमणका बीच गाजाका जनता स्थायी रूपमा विस्थापित हुने डर बढ्दै गएको छ।

तर, इजरायली सरकारका प्रवक्ता आयलोन लेवीले यस्तो डर निराधार भएको बताएका छन्। इजरायली रक्षा बलले अक्टोबर ७ मा हमासको आक्रमणपछि सुरु भएको सैन्य कारबाहीमा हालसम्म १०४ इजरायली सैनिक मारिएको जनाएको छ ।

 

प्रकाशित मिति: १२:५८ बजे, मंगलबार, मंसिर २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्