Kathmandu Press

देवघाट धाममा भक्तजनको घुइँचो

यसदिन दिन कालिगण्डकी र सप्तगण्डकीको सगम स्थल देबघाटमा स्नान गरी पितृहरुको नाममा दीप दान र शतबीज छर्न भक्तजन  जाने गर्दछन्।
देवघाट धाममा भक्तजनको घुइँचो

चितवन, मंसिर २५ : नेपालकै पवित्र तीर्थस्थल देवघाट धाममा सोमबार बाला चतुर्दशीका दिन भक्तजनको घुइँचो लागेको छ।

यसदिन दिन कालिगण्डकी र सप्तगण्डकीको सगम स्थल देबघाटमा स्नान गरी पितृहरुको नाममा दीप दान र शतबीज छर्न भक्तजन  जाने गर्दछन्।

Hardik ivf

देबघाट धाममा आइतबार साँझदेखि नै रात भर जाग्राम बसेर भजन किर्तनका गरेर दीप प्रज्जवलन पछि सोमबार बिहानर भक्तजनहरुले शतवीज छरेका थिए।

शतबीजमा ७ प्रकारको अन्न हुने गर्दछ । हिन्दु धर्म मान्नेहरुले आफ्ना दिवगत भएका पुर्खाहरुको मुक्तिका लागि शत वीज छर्ने चलन रहेको छ। परापुर्वकाल देखि चलि आएको परम्परा अनुसार धार्मीक स्थलमा शत वीज छर्न आएको भक्तजन बालकृष्ण थपलियाले बताए।

मसिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दिप प्रज्जवलन गर्नाले पितृ दोषबाट मक्ति मिल्ने विश्वासका कारण देबघाटमा हिजो साझ देखिने भक्तजनहरुले भरिभराउ थियो। शत वीज छर्न देबघाट लगाएत चितवनको बिभिन्न धार्मीक स्थल र शिवालयहरुमा भक्तजनहरुको हजारौ सख्यामा उपस्थिति थियो।

प्रकाशित मिति: १२:५८ बजे, सोमबार, मंसिर २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्