Kathmandu Press

भरतपुर अस्पतालमा पाँच वटा ‘बर्थिङ स्विट्स रुम’को सेवा सुरू

भरतपुर अस्पतालमा पाँच वटा ‘बर्थिङ स्विट्स रुम’को सेवा सुरू

चितवन, मंसिर २५ : चितवनको भरतपुर अस्पतालमा प्रसुति सेवाका लागि लागि थप पाँच वटा ‘बर्थिङ स्विट्स रुम’को सेवा सुरु भएको छ।

काठमाडौँ उपत्यका बाहिर सबैभन्दा धेरै प्रसुती सेवा दिंदै आएको भरतपुर अस्पतालमा बच्चा जन्माउनका लागि थपि पाँच वटा ‘बर्थिङ स्वीट्स रुम’ को स्वास्थ्यमन्त्री मोहन बस्नेतले उद्धघाटन गरेका छन्।

Hardik ivf

सो अवसरमा बोल्दै मन्त्री बस्नेतले भरतपुर अस्पताल विगतमा भन्दा धेरै प्रगतिसहित गुणस्तरी सेवा दिएकोमा खुसी व्यक्त गरे। उनले आम जनताको स्वास्थ्यमा गुणस्तरी पहुँत बृद्धिका बर्थिङ स्वीट्स रुम नयाँ उपलब्धि भएको बताए।

प्राकृतिक रुपमा बच्चालाई जन्मदिने सुविधासम्पन्न बर्थिङ युनिट थप गरिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीले जानकारी दिए। एक करोड रुपैयाँ लागतमा नयाँ युनिट निर्माण गरिएको हो। हाल रहेको प्रसूति भवनको नजिकै नयाँ युनिट थप गरिएको उनले बताए।

स्वीट्स रुममा पति वा नजिकको अभिभावक सँगै रहने व्यवस्था गरिएको छ। प्रसुतीको समयमा अधिक पीडा हुने र उक्त समयमा अभिभावक साथमा रहँदा पीडा कम हुने विकसित मुलुकहरुको प्राक्टिसलाई यहाँ प्रयोगमा ल्याउन लागिएको भरतपुर अस्पतालको प्रसुती विभागका प्रमुख डा. सुनिलमणि पोख्रेलले बताए।  

प्रकाशित मिति: १२:५८ बजे, सोमबार, मंसिर २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्