५ सय रुपैयाँले घट्यो सुनको भाउ
आइतबार १ लाख १७ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ५ सय रूपैयाँले घटेर १ लाख १७ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
काठमाडौं, मंसिर २५ : कारोबारको दाेस्रो दिन आजसुनको मूल्य ५ सय रुपैयाँले घटेको छ।
आइतबार १ लाख १७ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ५ सय रूपैयाँले घटेर १ लाख १७ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साथै, आज तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १६ हजार ४ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १५ रूपैयाँले घटेर १ हजार ४ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: ११:४६ बजे, सोमबार, मंसिर २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
