Kathmandu Press

देशको समृद्धि साथै सुन्दर नेपाल निर्माणको निम्ति भ्रष्टाचार बाधक : मुख्य न्यायधीश राजभण्डारी

७५औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आइतबार विराटनगरमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचारका कारण मुलुकको विकास र प्रगति हुन नसकेको बताएका हुन्।
देशको समृद्धि साथै सुन्दर नेपाल निर्माणको निम्ति भ्रष्टाचार बाधक : मुख्य न्यायधीश राजभण्डारी

विराटनगर, मंसिर २४ : उच्च अदालत विराटनगरका मुख्य न्यायधीश रमेशप्रसाद राजभण्डारीले देशको समृद्धि साथै सुन्दर नेपाल निर्माणको निम्ति भ्रष्टाचार बाधक बनेको बताएका छन्।

७५औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आइतबार विराटनगरमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचारका कारण मुलुकको विकास र प्रगति हुन नसकेको बताएका हुन्।

उनले भ्रष्टाचारकै कारण मानव अधिकार संरक्षणमा समेत अवरोध पुर्‍याएकोले युवाहरु इमान्दार भएर अघि बढ्नु पर्ने धारणा राखे। मुलुकमा भ्रष्टाचारका कारण मानव अधिकारका मुल्य र मान्यतामा ह्रास आइरहेको उनको भनाइ छ।

एड्भोकेसी फोरम नेपाल कोशी प्रदेशले आयोजना गरेको सो अन्तरक्रियामा सहभागीले मानव अधिकारका मूल्य र मान्यताहरु परिवर्तन भइरहेकाले जनतालाई जीवन निर्वाहको वातावरण बनाउन राज्यले सक्नुपर्ने धारणा राखेका थिए।

प्रकाशित मिति: १७:४२ बजे, आइतबार, मंसिर २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्