Kathmandu Press

देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड

मानव अधिकार तथा शान्ति समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा पछिल्लो समय एनसेल घोटाला, राजतन्त्र पुनःस्थापना र लोकतन्त्र विरोधी आन्दोलनले जनता निराश भएका उनीहरूको ठहर छ।
देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड

काठमाडौं, मंसिर २४ : नागरिक समाजका प्रतिनिधिले भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन दिन माग गरेका छन्।

मानव अधिकार तथा शान्ति समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा पछिल्लो समय एनसेल घोटाला, राजतन्त्र पुनःस्थापना र लोकतन्त्र विरोधी आन्दोलनले जनता निराश भएका उनीहरूको ठहर छ।

Hardik ivf

पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीले नागरिकलाई आर्थिकरूपमा बलियो बनाउन राज्यले सोच्नुपर्नेमा जोड दिइन्। उनले स्थानीय तहले विकासको नाममा जनताबाट चन्दारअनुदानलगायत  नाममा  जनताकै पैसा लुट्ने गरेको आरोप लगाइन्। 

आयोजक संस्थाका सस्थापक सभापति कृष्ण पहाडीले भ्रष्टाचार अन्त्यका लागि नागरिक आन्दोलन आवश्यक रहेको बताए। उनले सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता संरक्षणका लागि सबै जनता एकजुट हुनुपर्ने धारणा व्यक्त गरे।

सोही संस्थाका सभापति रामकृष्ण बरालले प्रशासन तथा कर्मचारीतन्त्रमा व्याप्त भ्रष्टाचारका कारण नागरिकमा निराशा छाएको जिकिर गरे। 

प्राध्यापक लोकराज बरालले सरकारको नेतृत्व गर्ने दल संविधानप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो । देशमा भइरहेको अराजकता अन्त्यका लागि नागरिक समाजका अभियान्ताले सडकबाट दबाब सिर्जना गर्नुपर्नेमा उनले जोड दिए। 

प्रकाशित मिति: १७:०९ बजे, आइतबार, मंसिर २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्