घट्यो सुनचाँदीको मूल्य
आज छापावाल सुन एक हजार तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसासी महासंघले जनाएको छ।
काठमाडौं, मंसिर २४ : कारोबारको पहिलो दिन आज (आइतवार) सुनको मूल्यमा तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ।
आज छापावाल सुन एक हजार तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसासी महासंघले जनाएको छ।
यस्तै आज तेजावी सुन तोलामा १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहहेको छ।
आज चाँदीको तोलामा ३५ रुपैयाँले घटेर एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति: १२:०७ बजे, आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












