Kathmandu Press

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

विश्वभरि खुल्ला आवेदनबाट संकलन गरिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा फिल्महरु महोत्सवका लागि छानिएका छन् ।
नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

काठमाडौं, मंसिर २३ : ११औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ शनिबारबाट काठमाडौंमा सुरु भएको छ। मानव अधिकार चलचित्र केन्द्रको आयोजनाको आयोजनामा सुरु महोत्सवको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले उद्घाटन गरे।

महोत्सव चलचित्र, वृतचित्र मार्फत मानव अधिकारसम्बन्धी जनचेतना जगाउने काम प्रभावकारी हुने उनले बताए। मानवअधिकार आयोगले पनि मानव अधिकारसम्बन्धी जनचेतना जगाउन वर्षभरी बिभिन्न स्थानमा ७५ वटा कार्यक्रम गर्ने लक्ष्य राखेको अध्यक्ष मगरले बताए।

Hardik ivf

महोत्सवमा विभिन्न २६ देशका ५४ वटा चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ।

विश्वभरि खुल्ला आवेदनबाट संकलन गरिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा फिल्महरु महोत्सवका लागि छानिएका छन् । तिनै सिनेमाहरु महोत्सबमा प्रदर्शन हुने आयोजकले जनाएको छ। महोत्सव मंसिर २६ गतेसम्म चल्नेछ।

प्रकाशित मिति: १८:२९ बजे, शनिबार, मंसिर २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्