Kathmandu Press

‘गाउँ आएको बाटो’ अगामी जेठ १८मा प्रदर्शन हुने

राई जातिको सामाजिक पृष्ठभूमिमा तयार पारिएको सो चलचित्रमा गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको निर्देशक सुब्बाले बताए।
‘गाउँ आएको बाटो’ अगामी जेठ १८मा प्रदर्शन हुने

काठमाडौं, मंसिर २३ : विश्वप्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा वर्ल्ड प्रिमियर भएको नेपाली फिल्म ‘गाउँ आएको बाटो’को नेपालमा आगमी जेठ १८ गतेबाट प्रर्दशनमा आउने भएको छ।

नवीन सुब्बा निर्देशित फिलम दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सवलगायतमा समेत प्रदर्शनी गरिएको थियो।

Hardik ivf

राई जातिको सामाजिक पृष्ठभूमिमा तयार पारिएको सो चलचित्रमा गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको निर्देशक सुब्बाले बताए।

‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभियन छ।

महेश राई र निर्देशक सुब्बाले लेखेको फिल्मलाई जोस हेरमले खिचेका हुन भने सम्पादन क्वान पुन लिउङले गरेका छन्।

प्रकाशित मिति: १५:४४ बजे, शनिबार, मंसिर २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्