गाजामा युद्धविराम गर्ने राष्ट्रसंघीय प्रयास असफल
सुरक्षा परिषद्का १३ सदस्यहरूले शुक्रबार संयुक्त अरब इमिरेट्सद्वारा पेश गरिएको संक्षिप्त मस्यौदा प्रस्तावको पक्षमा मतदान गरेका थिए।
वासिङ्टन डिसी, मंसिर २३ : गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी समूह हमासबीचको युद्धमा तत्काल मानवीय युद्धविरामको लागि संयुक्त राष्ट्रसुरक्षा परिषद्को प्रस्ताव असफल भएको छ।
अमेरिकाले भिटो प्रयोग गरेपछि सो प्रस्ताव असफल भएको हो।
सुरक्षा परिषद्का १३ सदस्यहरूले शुक्रबार संयुक्त अरब इमिरेट्सद्वारा पेश गरिएको संक्षिप्त मस्यौदा प्रस्तावको पक्षमा मतदान गरेका थिए। अमेरिकाले भने भिटो प्रयोग गरेको थियो । बेलायत भने मतदानमा सहभागि नै भएन।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले दुई महिना लामो युद्धबाट हुने विश्वव्यापी खतराबारे १५ सदस्यीय परिषद्लाई औपचारिक रूपमा चेतावनी दिन धारा ९९ प्रयोग गरेपछि मतदान भएको हो।
इजरायल र गाजाबीचको युद्ध जारी छ । गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा परि १७ हजार ४ सय ८० भन्दा बढी मानिस मारिएको जनाएको छ।
प्रकाशित मिति: १२:५३ बजे, शनिबार, मंसिर २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












