Kathmandu Press

सिंगापुरमा कोरोना सङ्क्रमण बढ्दो

डिसेम्बर २ सम्म ३२ जनाभन्दा बढीमा कोभिड–१९ को संक्रमण रहेकोमा शुक्रबारसम्म संक्रमितको संख्या २२५ पुगेको छ।
सिंगापुरमा कोरोना सङ्क्रमण बढ्दो

सिंगापुर, मंसिर २३ : सिंगापुरमा कोरोना भाइरस सङ्क्रमितको संख्या बढ्न थालेको छ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोना संक्रमण बढिरहेको र अस्पतालमा भर्ना हुने बिरामीको संख्या लगातार बढिरहेको भन्दै सचेतता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयले अस्पतालमा कोराना संक्रमितको चाप बढेपछि धेरै आत्तिनुपर्ने अवस्था रहेको जनाएको छ।

डिसेम्बर २ सम्म ३२ जनाभन्दा बढीमा कोभिड–१९ को संक्रमण रहेकोमा शुक्रबारसम्म संक्रमितको संख्या २२५ पुगेको छ।

तथ्यांकअनुसार सिंगापुरमा नोभेम्बर २६ यता निरन्तार रुपमा कोभिडको संक्रमण बढिरहेको छ। केही जटिल बिरामी पनि देखा परेको बताइएको छ। उनीहरुको आईसीयूमा उपचार भइरहेको छ।

 

प्रकाशित मिति: ११:५० बजे, शनिबार, मंसिर २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्