Kathmandu Press

एनएसएलमा झापा र वीरगञ्ज पहिलो जितको खोजीमा

दुवै टिम पहिलो जितको खोजीमा हुनेछन्। दुवै टिमले प्रतियोगितामा यसअघि तीन÷तीन खेल खेले पनि जित निकाल्न सकेका छैनन्।
एनएसएलमा झापा र वीरगञ्ज पहिलो जितको खोजीमा

काठमाडौं, मंसिर २२ : नेपाल सुपर लिग (एनएसएल)मा आज वीरगञ्ज युनाइटेड र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

दुवै टिम पहिलो जितको खोजीमा हुनेछन्। दुवै टिमले प्रतियोगितामा यसअघि तीन÷तीन खेल खेले पनि जित निकाल्न सकेका छैनन्।

एक अंक जोडेको वीरगञ्ज तालिकाको पुछारमा छ। तीन खेलबाट दुई अंक जोडेको झापा तालिकाको आठौँ स्थानमा छ।

वीरगञ्जले दुई खेलमा हार बेहोर्दा एक खेलमा बराबरी खेलेको छ । यता झापाले तीन खेलमध्ये दुईमा बराबरी र एक खेलमा हार बेहोरेको छ।

प्रकाशित मिति: ११:१० बजे, शुक्रबार, मंसिर २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्