Kathmandu Press

मेक्सिकोमा शक्तिशाली भूकम्प

भूकम्पले मेक्सिको सिटीका भवनहरु नराम्रोसँग हल्लिएका थिए। भूकम्प पश्चात स्थानियहरु खुला सडकमा बसिरहेको एजेन्सीहरुले बताएका छन्।
मेक्सिकोमा शक्तिशाली भूकम्प

मेक्सिको सिटी, मसिर २२ : मेक्सिकोमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार बिहीबार दिउँसो २ बजेर ३ मिनेटमा  भूकम्प गएको हो। भूकम्पको तिव्रता ५.८ रेक्टर स्केल मापन गरिएको थियो।
 
भूकम्पले मेक्सिको सिटीका भवनहरु नराम्रोसँग हल्लिएका थिए। भूकम्प पश्चात स्थानियहरु खुला सडकमा बसिरहेको एजेन्सीहरुले बताएका छन्।

अहिलेसम्म भूकम्पको क्षतिको कुनै विवरण भने सार्वजनिक भएको छैन। भूकम्पको केन्द्र पुएब्ला राज्यको मेक्सिको सिटीबाट करिब २०० किलोमिटर दक्षिणमा थियो।

प्रकाशित मिति: १०:०९ बजे, शुक्रबार, मंसिर २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्