Kathmandu Press

फिल्म ‘११ः५५’ निर्माणको घोषणा

फिल्म ‘११ः५५’ निर्माणको घोषणा

काठमाडौं, मंसिर २१ : फिल्म ‘११ः५५’ को निर्माण घोषणा भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी निर्माण टिमले ‘११ः५५’ को औपचारिक घोषणा गरेको हो।

केशव पाण्डेको निर्देशन गर्ने फिल्म सस्पेन्स थ्रीलर कथाबस्तुमा आधारित रहने जनाइएको छ ।

फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, सागर खनाल, विशाल पहरी, बुद्धि तामाङ लगायतको अभिनय रहने छ।

एमएस अग्रज कार्यकारी निर्देशक रहेको चलचित्रमा श्याम शर्मा र सरोजा शर्मा निर्माताका रुपमा छन् ।

अल्मोडा राना उप्रेती र कुशल आचार्यको संगीत रहनेछ फिल्ममा कोरियोग्राफी कविराज गहतराजको रहनेछ ।

 

प्रकाशित मिति: १५:४८ बजे, बिहीबार, मंसिर २१, २०८०