Kathmandu Press

फिल्म ‘११ः५५’ निर्माणको घोषणा

फिल्म ‘११ः५५’ निर्माणको घोषणा

काठमाडौं, मंसिर २१ : फिल्म ‘११ः५५’ को निर्माण घोषणा भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी निर्माण टिमले ‘११ः५५’ को औपचारिक घोषणा गरेको हो।

केशव पाण्डेको निर्देशन गर्ने फिल्म सस्पेन्स थ्रीलर कथाबस्तुमा आधारित रहने जनाइएको छ।

फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, सागर खनाल, विशाल पहरी, बुद्धि तामाङ लगायतको अभिनय रहने छ।

एमएस अग्रज कार्यकारी निर्देशक रहेको चलचित्रमा श्याम शर्मा र सरोजा शर्मा निर्माताका रुपमा छन्।

अल्मोडा राना उप्रेती र कुशल आचार्यको संगीत रहनेछ फिल्ममा कोरियोग्राफी कविराज गहतराजको रहनेछ।

 

प्रकाशित मिति: १५:४४ बजे, बिहीबार, मंसिर २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्