Kathmandu Press

डा. राजु अधिकारीलाई पहिलो एनआरएन विज्ञान तथा प्रविधि पुरस्कार

डा. राजु अधिकारीलाई पहिलो एनआरएन विज्ञान तथा प्रविधि पुरस्कार

काठमाडौं, मंसिर २१ : अष्ट्रेलियामा बसोबास गर्ने वैज्ञानिक डा. राजु अधिकारीलाई ‘पहिलो गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कार’ प्रदान गरिएको छ्।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) द्वारा स्थापित उक्त पुरस्कार पाउने उनी पहिलो गैआवासीय नेपाली वैज्ञानिक हुन्।

एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त पुरस्कार प्रदान गरे। एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले डा. अधिकारीका तर्फबाट उक्त पुरस्कार ग्रहण गरेका थिए।

डा. अधिकारीले स्वास्थ्य, कृषि, विद्युत प्रवाहकीय, ओएलइडी, खाद्य पदार्थ आदिमा आवश्यक पर्ने नवीन प्रकारका वातावरणमैत्री प्लास्टिक पदार्थहरुको विकास गरी पेटेन्ट तथा वैज्ञानिक प्रकाशनद्वारा नवीन प्रविधि विकास गरेका छन्।

यसैगरी विदेशमा रही नेपाल साइन्स फाउन्डेशन, ट्रष्टलगायत संस्थामार्फत संसारभरका वैज्ञानिक समुदायलाई नेपालका विश्वविद्यालय तथा प्रज्ञा प्रतिष्ठान र अनुसन्धान केन्द्रहरुसँग जोडेर नेपालको विज्ञान तथा प्रविधिको विकासमा योगदान पुर्याएकाले डा. अधिकारीलाई उक्त पुरस्कार प्रदान गरिएको नास्टले जनाएको छ।

 

प्रकाशित मिति: १४:५६ बजे, बिहीबार, मंसिर २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्