एनएसएलमा आज चितवन र बुटवल भीड्दै
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने खेल साँझ ५ बजे सुरु हुनेछ।
काठमाडौं, मंसिर २१ : काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुने भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने खेल साँझ ५ बजे सुरु हुनेछ। आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा रहने छन्।
यसअघि भएका तीन खेलमा चितवनले एकमा जित, एकमा बराबरी र एकमा हार बेहोरेको छ भने बुटवल एकमा जित र दुईमा पराजित भएको थियो।
जारी लिगमा चितवन ४ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ भने ३ अंक भएको बुटवल सातौँ स्थानमा छ।
प्रकाशित मिति: १२:२५ बजे, बिहीबार, मंसिर २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार