Kathmandu Press

सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबीच १० वर्षे समझदारी

समझदारी पत्रमा कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा गोविन्द शर्मा र सीम्याटका तर्फबाट ब्राम गोभाट्सले हस्ताक्षर गरेका हुन्।
सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबीच १० वर्षे समझदारी

काठमाडौं, मंसिर २१ : नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र सीम्याटबीच नेपालमा कृषि क्षेत्रको उत्पादन बृद्धि र  व्यवस्थित बजार प्रणालीलाई प्रोत्साहन गर्नेबारे समझदारी पत्रमा हस्ताक्षर भएको छ।

मंगलबार सिंहदरबारमा भएको समझदारीमा कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा गोविन्द शर्मा र सीम्याटका तर्फबाट ब्राम गोभाट्सले हस्ताक्षर गरेका हुन्।

Hardik ivf

समझदारीले कृषि क्षेत्रको अनुसन्धान, ज्ञान आदानप्रदान र नवीन प्रविधिको प्रयोगमार्फत नेपालका कृषकहरूले सामना गरिरहेका विभिन्न चुनौतीलाई सम्बोधन गर्ने साझेदारी पत्रमा उल्लेख छ।

हस्ताक्षर अघि सीम्याटको टोलीलाई स्वागतगर्दै कृषि मन्त्री बेदुराम भुसालले, साझेदारीले कृषि विज्ञानको अभिबृद्धि र नेपालको कृषि क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।

सीम्याट मेक्सिकोमा मुख्यालय रहेको एक गैर–नाफामुखी संस्था हो । नेपालसँग सीम्याटको आबद्धता अनौपचारिक रुपमा सन् १९६० को दशकबाट विभिन्न भ्रमण र वैज्ञानिकलाई तालिम प्रदान गर्ने सिलसिलामा शुरू भएको थियो।

सीम्याट औपचारिक रुपमा सन् १९८५ देखि नेपालमा कृषि उत्पादन र उत्पादकत्व बृद्धि गर्ने उद्देश्यका साथ सक्रिय रहेको छ।

 

प्रकाशित मिति: ०७:३३ बजे, बिहीबार, मंसिर २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्