Kathmandu Press

‘सबै भ्रष्टाचार काण्ड वर्तमान व्यवस्थाको उपज हो’

नक्कली भूटानी शरणार्थी प्रकरण, एनसेल प्रकरण, सुन तस्करी प्रकरण सबै यही व्यवस्थाका उपज भएको उनले तर्क गरे।
‘सबै भ्रष्टाचार काण्ड वर्तमान व्यवस्थाको उपज हो’

काठमाडौं, मंसिर २० : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सबै भ्रष्टाचार काण्ड वर्तमान व्यवस्थाका उपज भएको टिप्पणी गरेका छन्।

बुधवार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नक्कली भूटानी शरणार्थी प्रकरण, एनसेल प्रकरण, सुन तस्करी प्रकरण सबै यही व्यवस्थाका उपज भएको उनले तर्क गरे।

Hardik ivf

‘संसारमा त्यस्तो कुनै देश छैन् जसले वेतनधारी कर्मचारीतन्त्रको यूनियन बनाएर त्यस देशले प्रगती गरेको होस्। अथवा संवैधानीक नीतिमा यस्तो धेरै हस्तक्षेप गरेर त्यो सुशासन दिन सकियोस्,’ उनले भने ‘त्यसैले यो एनसेल, सुन तस्करी प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरणहरुको कुरा गर्नु सबै अर्थहीन हुन्छ। यो सबै वर्तमान व्यवस्थाको उपज हो।’

नेपालको संविधानले कर्मचारीतन्त्र, न्यायपालिका र पेसाकर्मीहरुलाई राजनीतिमुक्त राख्न नसकेको उनको भनाई छ। उनले संवैधानिक निकायहरुलाई राजनीति मुक्त राख्ने पर्ने बताए।

 

प्रकाशित मिति: १७:४० बजे, बुधबार, मंसिर २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्