Kathmandu Press

एसिया कप खेल्न नेपाली यू–१९ टिम युएई लाग्यो

यू–१९ विश्वकपको तयारीका रुपमा रहेको प्रतियोगिता नेपालले भारत, पास्किताजस्ता टेस्ट राष्ट्रसँग खेल्नेछ
एसिया कप खेल्न नेपाली यू–१९ टिम युएई लाग्यो

काठमाडाैं, मंसिर २० : यू–१९ एसिया कप क्रिकेट खेल्न नेपाली क्रिकेट टिम युएई प्रस्थान गरेको छ। देव खनालको कप्तानीमा रहेको नेपाली टिम बुधबार दिउँसो युएई प्रस्थान गरेको हो।

यू–१९ विश्वकपको तयारीका रुपमा रहेको प्रतियोगिता नेपालले भारत, पास्किताजस्ता टेस्ट राष्ट्रसँग खेल्नेछ। नेपाली टिमलाई नेपाल क्रिकट संघ (क्यान)ले मंगलबार नै एक कार्यक्रम गर्दै बिदाई गरेको थियो।

Hardik ivf

राष्ट्रिय टिमबाट उत्कृष्ट प्रमाणित गरिसकेका गुल्सान झा र कप्तान देव खनालसम्मिलत नेपाली टिम बलियो छ।

एसिया कपमा नेपाल भारत, पाकिस्तान र अफगानिस्तानसँगै समूह एमा छ। डिसेम्बर ८ बाट युएईमा सुरु हुने प्रतियोगितामा नेपालले पहिलो दिन नै पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

नेपालले दोस्रो खेल डिसेम्बर १०मा अफगानिस्तानसँग खेल्ने छ भने समूहको अन्तिम खेल भारतसँग डिसेम्बर १२ मा खेल्नेछ। समूहका शीर्ष २ टिम सेमिफाइनलमा पुग्ने छन्।

नेपाली टिम : देव खनाल, गुलसन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, हेमन्त धामी, दिपेश प्रसाद कँडेल, विशाल बिक्रम केसी, सुबास भण्डारी, दिपक बोहोरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा।

 

प्रकाशित मिति: १६:५२ बजे, बुधबार, मंसिर २०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्