Kathmandu Press

सात गोल भएको थ्रीलर म्याचमा आर्सनलको रोमाञ्चक जित

इन्जुरीको समयको सातौं मिनेटमा डेक्लन रइसले गोल गरेपछि आर्सनलले लुटन टाउनमाथि ४–३को जित निकाल्यो।
सात गोल भएको थ्रीलर म्याचमा आर्सनलको रोमाञ्चक जित

काठमाडाैं, मंसिर २० : सात गोल भएको थ्रीलर म्याचमा लिग लिडर आर्सनलले रोमाञ्चक जित निकालेको छ। इन्जुरीको समयको सातौं मिनेटमा डेक्लन रइसले गोल गरेपछि आर्सनलले लुटन टाउनमाथि ४–३को जित निकाल्यो।

लुटनको मैदानमा भएको खेलमा ग्याब्रियल मार्टिनेलीको गोलमा आर्सनलले २०औं मिनेटमा अग्रता लियो। २५औं मिनेटमा लुटनका ग्याब्रियल ओसेसले गोल गर्दै खेलालाई १–१को बराबरीमा ल्याए।

Hardik ivf

गाब्रियल जेससले ४५औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा आर्सनलले २–१को अग्रता लियो। तर, दोस्रो हाफको सुरुआतमै २ गोल गर्दै लुटनले लिग लिगमाडि ३–२को अग्रता बनायो।

उसका लागि एलिजाह एडेबायोले ४९औं र रोस बार्कलीले ५७औं मिनेटमा गोल गरेका थिए। पछि परेको ३ मिनेट नबित्दै आर्सनलले बराबरी गोल फर्कायो। ६०औं मिनेटमा उसका काइ हाभट्र्जले गोल गरेका थिए।

बराबरीतर्फ उन्मू खेलमा इन्जुरी समयको सातौं मिनेटमा रइसले गोल गर्दै आर्सनललाई ३ अंक दिलाउँदै शीर्ष स्थानमा ६ अंकको अग्रता दिलाए। १५ खेलबाट ३६ अंक छ। एक खेल कम खलेको लिभरपुलको ३१ र सिटीको ३० अंक छ।

यसैगरी अर्को खेलमा वुल्भ्स विजयी भयो। उसले बर्नलीमाथि १–०को जित निकाल्यो। उसका लागि हाङ हि चानले ४२औं मिनेटमा निर्णायक गोल गरे।

प्रकाशित मिति: १२:०४ बजे, बुधबार, मंसिर २०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्