ओरालो गाग्दै सुनको मूल्य, बुधबार ८ सय घट्यो
मंगलबार २४ सय रुपैयाँ गिरावट आएको सुनको मूल्य बुधबार ८ सय रुपयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
काठमाडौं, मंसिर २० : पछिल्लो एक साता निरन्तर उकालो लागेको सुनको मूल्य हिजो र आज भने भारी मात्रामा घटेको छ।
मंगलबार २४ सय रुपैयाँ गिरावट आएको सुनको मूल्य बुधबार ८ सय रुपयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमवार सुनको मूल्य अहिलेसम्मकै उच्च प्रतितोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो।
बुधबार सुनको १ लाख १८ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।
आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा ४५ ले घटेर १ हजार ५ सयमा झरेको चाँदी आज २० रुपैयाँले घटेर १ हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: ११:५० बजे, बुधबार, मंसिर २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार