Kathmandu Press

जुवातास खेलिरहेका १४ जना पक्राउ

प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ६१ हजार पाँच सय ९५ र तीन बुक ताससहित पक्राउ गरेको हो।
जुवातास खेलिरहेका १४ जना पक्राउ

काठमाडौं, मंसिर २० : टोखा नगरपालिका–३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तार्केश्वर नगरपालिका–७ बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१२ घर भएका ५५ वर्षीय अच्युत सिलवाल समेत नौ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ६१ हजार पाँच सय ९५ र तीन बुक ताससहित पक्राउ गरेको हो।

Hardik ivf

काठमाडौं महानगरपालिका–३ महाराजगञ्जस्थित टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं चक्रपथ बस्ने काभ्रेपलाञ्चोक घर भएका ६० वर्षीय ओमकृष्ण श्रेष्ठ समेत पाँच जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ४८ हजार पाँच सय ६० र तीन बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रकाशित मिति: ०७:४९ बजे, बुधबार, मंसिर २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्